8.1 C
Kathmandu
spot_img

‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ जस्ता चर्चित गीतकी गायिकाको सजाय काफी हुदैन सार्बजनिक

कुनैबेला नेपाली पार्श्व तथा आधुनिक गायनमा आफ्नो विशिष्ट स्थान बनाएकी शर्मिला बर्देवाले नेपाली चर्चित फिल्महरुमा पार्श्व गायन गरेकी छन । बर्देवाका ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’, ‘आंखैमा झलझली’, ‘हिउँचुलीमा हिउँ’, ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ ‘कति औली अग्ली भइ’ लगायत दर्जनौँ गीत हालसम्म चर्चित छन् ।
बिगत लामो समय देखि बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा नर्सका रुपमा कार्यरत गायिका बर्देवाको भर्खरै ‘सजाय काफी हुदैन’ बोलको नया गीत शर्मिला बर्देवाको आफ्नै आधिकारिक यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
उक्त गीतमा रचना डा. देवेन्द्र आचार्यको,सङीत/एरेन्ज सङीतकार राजेन्द्र बजगाईंको रहेको छ भने मिक्सिङ/मास्टरिङ मनोज परियारको रहेको छ । गीतको म्यूजिक भिडियो क्याच स्टुडियोले तयार पारेको हो ।
झण्डै ५ महिना अघि नेपाल आएकी बर्देवाले यो अवधिमा आफ्नो सृजनालाई गति दिइरहेको र नेपाल बसाइकै क्रममा २२ वटा गीत, भजन र गजल रेकर्ड गरेको उनले बताइन ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा नर्सका रुपमा कार्यरत गायिका बर्देवाले आफ्नो गायन पेशालाई अझ बढी समय दिन नेपाल बसेको बताइन् ।उनी बेलायतमा समेत स्टेज कार्यक्रमहरुमा व्यस्त हुने गर्छिन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles