8.1 C
Kathmandu
spot_img

हास्यब्यङ्य टेलिसिरियल सुन्तलीको पोइको दोस्रो भाग सार्बजनिक

मणिलिङेस्वर फिल्म हाउसको ब्यानरमा नबराज अधिकारीको प्रस्तुती इस्वरी प्रसाद अधिकारीको निर्माण अनि शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको हास्यब्यङ्य टेलिसिरियल गत बिहिबार बाट प्रर्दशनमा आएको छ । सोही क्रममा बिहिबार १० गते दोस्रो भाग पनि प्रर्दशनमा आएको छ । उक्त भाग आहा फिल्मसबाट सार्बजनिक गरिएको हो ।
नबराज अधिकारी , इस्वरी अधिकारी , मेनुका माझी, सन्ध्या गौतम , डा प्रकाश पोखरेल ( प्रनिस) सुनिता डुंगाना, पासाङ तामाङ , चित्र कुमार गौतमको मुख्य भुमिका रहेको सुन्तलीको पोइ मा सन्तोष पराजुलीले छायांकन,मदन न्यौपानेको श्रृङ्गार ,मनिष कार्कीको सम्पादन रहेको छ भने शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ । सुन्तलीको पोइ सिरियलको दोस्रो भाग बिहिबार रिलिज भएको छ । समाजमा बिधमान रहेका कुसङती , बिसङगती अनि समाजमा घटेका सत्य घटनाहरु लाई क्रमस समेट्दै जाने लक्ष्य सहित सुन्तलीको पोइ सिरियल रिलिज गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles