15.1 C
Kathmandu
spot_img

कोहलपुरमा सवारी साधन दुर्घटना न्यूनिकरणका लागि विशेष सचेतना कार्यक्रम सम्पन्न

कोहलपुर, बाँके – चिसो मौसममा हुस्सु र कुहिरोका कारण सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले सवारी साधन सुरक्षामा जोड दिँदै कोहलपुरको न्युरोड चोकमा विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको आयोजना सचेत युवा कोहलपुरले गरेको हो। यसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर, र कोहलपुर नगर प्रहरीको सहकार्यमा सञ्चालन गरिएको थियो।

कार्यक्रमका दौरान इरिक्शा चालकहरूलाई ट्राफिक नियम पालन गर्न प्रेरित गर्दै इरिक्शामा रिफ्लेक्टिभ स्टिकर टाँस्ने कार्य सम्पन्न भयो। आयोजकका अनुसार, चिसो मौसममा कुहिरोले गर्दा राति वा कमजोर दृश्यताका अवस्थामा इरिक्शा देखिने क्षमता सुधार गर्न स्टिकर प्रभावकारी हुने विश्वास गरिएको छ।

कार्यक्रममा सचेत युवा कोहलपुरका युवा अभियन्ता बामदेव पोख्रेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रस्ट पारे। उनले सहभागी चालकहरूलाई सुरक्षाको महत्त्वबारे सचेत गराउँदै ट्राफिक नियम पालन गर्न आग्रह गरे।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक दमन सेनले रिफ्लेक्टिभ स्टिकरको महत्त्व र यसले दुर्घटनाको जोखिम घटाउन पुर्‍याउने योगदानबारे चर्चा गरे।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रेशम पौडेलले भने, “सडक सुरक्षा सबैको जिम्मेवारी हो। विशेषगरी सार्वजनिक यातायातका साधनहरूले थप सावधानी अपनाउनुपर्छ।” यस्तै, कोहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापाले इरिक्शा सुरक्षाका उपायहरूमा जोड दिँदै इरिक्शा चालकहरूलाई गति नियन्त्रण, स्टिकरको प्रयोग, र नियम पालनलाई अनिवार्य बनाउन आग्रह गरे।

कार्यक्रमले इरिक्शा चालकहरूलाई ट्राफिक सुरक्षाका उपायबारे जानकारी गराउँदै दुर्घटनाको जोखिम कम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। सहभागीहरूले यस्ता कार्यक्रमले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमको समापन सचेत युवा कोहलपुरका संयोजक शंकर न्यौपानेले गरे। समापनपछि अटो र इरिक्शामा रिफ्लेक्टिभ स्टिकर टाँस्ने काम सम्पन्न भयो। अन्त्यमा सामूहिक तस्बिर खिचेर कार्यक्रमलाई औपचारिक रुपमा टुंग्याइएको थियो।

कार्यक्रममा सचेत युवा कोहलपुरका सल्लाहकार भुम बहादुर भण्डारी, सचेत युवाका सदस्य कपिल शाह, सवारी साधन चालक तथा धनीहरू, र स्थानीय युवाहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सचेत युवा कोहलपुरका सदस्य दिनेश उपाध्यायले गरेका थिए।

यो समाचारलाई सेयर गरी चिसो मौसममा सवारी सुरक्षाका लागि सबैलाई सचेत बनाऔं।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles