15.1 C
Kathmandu
spot_img

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि यस्तो छ थापाथली क्षेत्र


२० फागुन, काठमाडौं । गएराती काठमाण्डौको थापाथली चोकनजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भीक इन्टरनेसनल हस्पिटल आउने सडकमा पाइप फुटेको हो । पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ ।

माइतिघरमण्डल क्षेत्रमा पाइप मर्मतका लागि पानी बन्द गरिएका कारण थापाथलीको पाइपलाइन फुटेको हो ।माइतिघरमण्डल क्षेत्रमा पाइप मर्मतका लागि पानी बन्द गरिएको थियो । त्यसपछि एकैपल्ट पानी छोड्दा थापाथलीमा पाइप फुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक टीका चौधरीले भने, “अहिले पानी रोकेका छौँ । यसको मर्मत तल्काल सुरू हुन्छ ।”

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles