“कोही नाचे छेउ छेउमा, कोही नाचे बिच्च बिच्चमा तिमी म नाचौ सङै तीजको गीतमा” भन्दै बिनय कार्की यु ट्युब च्यानल मार्फत नो ईन्ट्री बोलको गीत सार्बजनिक भएको छ।
थुप्रै गीतहरुमा आफ्नो आवाज सङीत र सङीत सम्योजन अरेन्ज गरिसकेका बिनय कार्कीको यस गीतमा आफ्नै आवज रहेको छ भने उनलाई अन्जना सारुले दिएकी छन। बिनय कार्की लामो समय देखि गीतसङीत क्षेत्रमा लागेपनी उनलाई परिचय भने भ्वाइस अफ नेपाल सिजन 2 को बलाइन्ड अडिसनमा गाएको भुमो गीतले चर्चामा ल्याएको थियो।
गीतमा शब्द कृष्ण राज भण्डारी,सङीत र सङीत सम्योजन बिनय कार्कीको आफ्नै रहेको छ भने मिक्स मास्टरिङ साजन शाहाको रहेको छ ।
भिडियोमा विशाल नेपालीको नृत्य र निर्देशन,सम्पादन कलर अमृत चापागाई,छायांकन करण चैसिर,श्रीङार श्याम मल्लको रहेको छ भने अभिनय बिनय कार्की,अन्जना सारु,सबिना आचार्य,लेखनाथ भुसाल,सरिता घले,जोन सन्जोग,थमन कल्यान र प्रदिपको रहेको छ।
गीतको पोष्ट प्रोडक्सन बिग नेपाली फिल्म प्रोडक्सनको रहेको छ।