कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सवको अवसरमा कृषि बिकास बैंक कर्मचारी संगठन ,नेपाल केन्द्रीय समितिको आयोजनामा राष्ट्रिय स्तरको आन्तरिक तथा कर्पोरेट ब्याडमिन्टन प्रतियोगीता चन्द्रागिरी नगरपालिका स्थित महांकाल ब्याडमिन्टन कभर्डहलमा संगठनका केन्द्रीय अध्यक्ष इन्द्रमणी घिमिरेको अध्यक्षतामा उद्घाटन गर्दै सुरु गरिएको थियो । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्रिय कर्मचारी महासंघका महासचिब प्रेम प्रसाद खनाल,विशिस्ट अतिथि कृषि बिकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ,कृषि बैंक लिमिटेडका उपमहाप्रबन्धक द्वय प्रताप सुबेदी,मिनराज पोखरेल लगायत बैंकका बिभागिय प्रमुखहरु तथा कर्मचारीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । भने उक्त ब्याडमिन्टन प्रतियोगिता माघ २१,२२ र २३ गते तीन दिन संचालन भएको थियो । उक्त प्रतियोगिताको समापन भने माघ २३ गते गर्दै विभिन्न इभेन्टमा प्रथम ,द्वितीय र तृतीय हुने टिम र खेलाडीहरुलाई संगठनका अध्यक्ष इन्द्रमणी घिमिरे ,बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी, रा.क.स.बैंक तथा वित्तीय समितीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र राई र रा.क.स. निजामती का केन्द्रीय अध्यक्ष अम्बा दत्त भट्ट लगायत कृषि विकास बैंक मा क्रियासिल सबै ट्रेड युनियन का प्रतिनिधि ज्युहरुले नगद, ट्रफी र मेडल सहितको पुरस्कार वितरण गर्नु भएको थियो ।
उक्त ब्याडमिन्टन प्रतियोगिताको आन्तरिक ४ वटा इभेन्ट अन्तर्गत १३० टीमको सहभागीता रहेको थियोे भने कर्पोरेट अन्तर्गत १६ वटा टिमको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा कर्पोरेट मेन्स डबल बिधातर्फ नापी बिभागका हरि केसी र कृष्ण सलामीको जोडी प्रथम भएको छ भने कृषि विकास बैंकका टक्कर कुँवर र राजकुमार निरौलाको जोडी द्वितीय हुन सफल भएको छ । त्यसैगरी नापी विभागका दीपेन्द्र खड्का र प्रकाश कुँवर तथा नेपाल विद्युत् प्राधिकरणका भक्तराज जोशी र विनोद अधिकारीको जोडी तृतिय भएको बताइएको छ ।


त्यसैगरी बैंकको आन्तरिक प्रतियोगिताको मेन्स डबल बिधातर्फ राज कुमार निरौला र बिनय कुमार पाण्डेको जोडी प्रथम, सम्झौता तामाङ्ग र भिम बहादुर चौधरीको जोडी द्धितिय, टक्कर कुवंर र बसन्त थापाको जोडी ,चिरञ्जीवी कार्की र बासुदेव थापाको जोडि तृतीय हुन सफल भएका छन । त्यसैरी भेट्रान तर्फ (+४५ बर्ष तर्फ)हिरा बहादुर आले र बसन्त थापको जोडी प्रथम,संजय राज श्रेष्ठ र रमेश अर्यालको जोडी द्धितिय,भेट्रान तर्फ नै सुदर्शन प्रसाद लेखक र गणेश अधिकरिको जोडी,घनश्याम श्रेष्ठ र दीर्घ जंग लिम्बुको जोडि तृतीय हुन सफल भएका छन भने मेन्स सिंगल तर्फ राज कुमार निरौला प्रथम,टक्कर कुँवर द्धितिय,सम्झौता तामाङ र विनय कुमार पाण्डे तृतीय हुन सफल भएका छन । साथै महिला सिंगल इभेन्ट तर्फ दिपिका राई प्रथम भएकी छन भने प्रतिक्षा नेपाल द्धितिय,श्रेया श्रेष्ठ र सन्तोषी कोइराला तृतीय हुन सफल भएको संगठनका महासचिब राजु भट्टराईले जानकारी दिनुभयो ।


