गायिका रचना रिमालको स्वर रहेको गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । गीतमा साहित्यकार मातृका भण्डारी ‘मुना’ को शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत रहेको छ भने आशिष लामाको संगीत संयोजन छ ।
प्रेम वियोगका शब्दले भरिएको गीतमा गायिका रिमाल र गीतकार भण्डारीको अभिनय छ । मरुभूमि नारायणले छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ । भिडियो निरेन श्रेष्ठको निर्देशन गरेका हुन ।
भिडियो दर्शित म्यूजिक एन्ड मिडिया प्रालिले बजारमा ल्याएको हो ।