17.1 C
Kathmandu
spot_img

माण्डव्य बजगाई प्रतिष्ठान नेपाललद्धारा प्रहरी वरिष्ठ उपरीक्षक (SSP ) सहित ६ जना सम्मानित

 माण्डव्य बजगाईहरुको बंशावली र पुस्ता खोज्ने उदेश्यले बिगत १ दशक देखि अध्यन र अनुसन्धान गर्दै आएको माण्डव्य बजगाई प्रतिष्ठान नेपालले फाल्गुन ३ गते शनिबार तेस्रो साधारण सभा तथा बन्धु अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ।
बंशभित्रका बन्धुबान्धवहरुको विभिन्न क्षेत्रमा पदोन्नति तथा सफलताको शुभकामना एवम् बधाई दिने उदेश्यले संस्थाले ६ जनालाई एकैसाथ सम्मान तथा अभिनन्दन गरेको छ। जसमा कोशी प्रदेश सभा सदस्य माननीय सबिना कट्टेल बजगाई, प्रहरी वरिष्ठ उपरीक्षक (SSP ) विश्व अधिकारी (बजगाई), नविल बैंकका वरिष्ठ डिसिइओ मनोज कुमार ज्ञवाली, नेपाल बिद्युत प्राधिकरणका उप-निर्देशक गौरिकान्त अधिकारी(बजगाई), गोरखनाथ माध्यमिक बिद्यालयका प्रधानाध्यापक कुमार बजगाई र प्रहरी नायव उपरीक्षक (DSP) कमल बजगाई रहेका छन।
संस्थाले माण्डव्य अनन्तराज भट्ट बंशरत्न सम्मान -२०८१ नामको सम्मानको नामाकरण गरि हरेक बर्ष निरन्तर बंश भित्रका उत्कृष्ट कार्य गरेका ब्यक्तिहरुलाई एसैगरी सम्मान गर्ने अध्यक्ष बिष्णु प्रसाद बजगाईले बताउनुभयो।
कार्यक्रममा महासचिव मीन प्रसाद अधिकारी ( बजगाई)ले प्रतिबेदन पेस गर्नुभयो भने संस्थापक महासचिव पूर्व माननीय मिठाराम शर्मा बजगाई, मोहन बिनोद बजगाई सहित सम्मानित ब्यक्तित्वहरुले धन्यवाद ज्ञापन ब्यक्त गरेका थिए।
कार्यक्रमको संयोजन तथा कार्यक्रम संचालन कार्यसमिति सदस्य राजानन्द माण्डव्यले गरेका थिए।
कार्यक्रममा विभिन्न क्षेत्रमा अवल्ल र बिशिस्ट पदमा आसिन बन्धुबान्धवहरुको उल्लेख्य उपस्थिति थियो।

1000081590 768x1024 1
spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles