नित्याशिवा र राज निरौलाको स्वर,बाबुल गिरीको संगीत र शंकर अधिकारि घायलको शब्द रहेको नाटक नपार बोलको गीतको भिडियो ओएस.आर डिजिटल बाट रिलिज भएको छ । मायामा नाटक गर्नु हुन्न भन्ने मुल आसय बोकेको गीतमा टिकटक बाट चर्चा कमाएका सरोज प्रजा र नव नायिका ज्योति खडकाको अभिनय रहेको छ ।
चक्र बहादुर बरालको छायांकन , मदन न्यौपानेको श्रीङार, राजेश कुमारको सम्पादन, राजन महर्जनको नृत्य रहेको गीतमा गीतकार शंकर अधिकारि घायल कै निर्देशन रहेको छ ।