19.1 C
Kathmandu
spot_img

अर्घाखाँचीमा अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ

१९ फागुन, काठमाडौं । अर्घाखाँचीमा अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका(१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल रहेका छन् । उनलाई सोही नगरपालिका(१ को सन्धिखर्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पक्राउ परेका बस्याललाई अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बस्यालले एक वर्षअघि २६ वर्षीया एक महिलालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।

क वर्गकी अपाङ्गता भएको ती महिलालाई बस्यालले आफ्नो घरमा घरायसी काम गराउने र त्यसै बेला कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको आरोप छ । पीडित महिलाबाट तीन महिनाअघि छोराको जन्म भएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles