19.1 C
Kathmandu
spot_img

अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएका नेपालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाइयो


२१ फागुन, काठमाडौं । अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएका आठैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्यरोको जिम्मा लगाएको छ ।

मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई अवैधरुपमा अमेरिका पुर्‍याएको हुनसक्ने भएकाले अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाइएको हो । ब्युरो स्रोतले भन्यो, ‘उनीहरुमाथि अब सोधपुछ गर्छौं र आफन्तको जिम्मा लगाउँछौं ।’

अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएकाहरुलाई फर्काउने अभियानअन्तर्गत अमेरिकाले बुधबार बिहान सात पुरुष र एक महिला गरी आठ जनालाई काठमाडौं ल्याएर छाडेको थियो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles