आइतबार, २५ फागुन/ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरेका छन् ।
आइतबार पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरु पोखराबाट काठमाडौँ आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् । शाह ३ बजे काठमाडौँ फर्किँदैछन् ।
उनीहरुले राजतन्त्रको पुनरबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् ।