18.1 C
Kathmandu
spot_img

चर्चित गायक नारायण थापा र गायिका शर्मिला बर्देवाको आवाजमा प्रतिक्षा काफ्ले र प्रज्वलको जलन्त अभिनय

बिगत २ दशकदेखि नेपाली गीत संगीतमा सक्रिय चर्चित गायक नारायण थापा र चर्चित गायिका शर्मिला बर्देवाको सुमधुर आवाजमा रहेको नया गीत औधि मन पराएँ को म्युजिक भिडियो G Media connection यु ट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।
प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनय रहेको गीतमा हर्क बहादुर योंगहांग लिम्बुको शब्द,राजेन्द्र बजगाईको संगीत र संगित संयोजन,मनोज परियारको मिक्सिंग मास्टरिंग रहेको छ।गीतलाई म्युजिक किचन स्टुडियोमा तयार पारिएको हो। गीतमा सुबिन गोदारको छायांकन,प्रकाश धितालको निर्देशन र राकेश दाहालको सम्पादन रहेको छ ।
गीतमा एक प्रेमजोडीले एक अर्कालाई मन मनै मन पराएको तर अभिब्यक्त गर्न नसकिएको कथाबस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
पछिल्लो समयका ब्यस्त रहेका गायक थापाको सोह्रै श्रृंगार,कुनै दिन त,टेलि चलचित्र गाउँ फर्क को शिर्ष गीत गाउँ फर्क,परिणाम नखोज तिमी,रातभरी लगायत ६ दर्जन बढि गीतहरु बजारमा आईसकेका छन भने केही गीतहरु आउने क्रममा रहेका छन । गायक थापाको अजम्बरी–२०७२, परिवेश–२०७७, आकर्षण–२०७९ गरि तीन एल्बम बजारमा आइसकेका छन भने चौथो एल्बम ‘आभूषण’का गीतहरु रेकर्डिंगको क्रममा रहेको उहाँले जानकारी गराउनुभयो ।
गीतमा अभिनय रहेको प्रतिक्षा काफ्ले पछिल्लो समयकि ब्यस्त एवं चर्चित कलाकार हुन उनका तिमीलाई नै,छोट्टी फकाउन,तिम्रो जस्तो हैशियत लगायत २ दर्जन भन्दाबढि गीतहरु बजारमा सार्वजनिक भईसकेका छन । बिभिन्न टेलिचलचित्रमा समेत अभिनय गरिसक्नुभएकि प्रतिक्षा काफ्ले बहु प्रतिक्षित र समसामयिक टेलि चलचित्र गाउँ फर्क मा पनि अनुबन्धित भईसकेकि छिन भने आधा दर्जन म्युजिक भिडियो बजारमा आउने क्रममा रहेका छन । साथमा गीतका अर्का कलाकार प्रज्वल राज भट्टका पनि यो भन्दा पहिले थुप्रै गीतहरु बजारमा आईसकेका छन ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles