21.1 C
Kathmandu
spot_img

नरेश एम.सीको “नौतुनाको रेल”सार्बजनिक

बिगत लामो समय देखि राष्ट्रसेवक कर्मचारीको काम गर्दे आईरहेका नरेश एम.सीको “नौतुनाको रेल”सार्बजनिक भएको छ । पछिल्लो समयका ब्यस्त गायक आफ्नो बेग्लै पहिचान बनाउन सफल खेम सेन्चुरीसँग सहकार्य गरेका एम.सीले “नौतुनाको रेल” मार्फत जोडिँदा केही आशा लागेको बताए ।
खेम सेन्चुरी र मेलिना राईको आवाज,ऋषि खड्काको शब्द,केशब बडुको संगित संयोजन रहेको “नौतुनाको रेल” बोलको गीत नरेशको आफ्नै आधिकारिक यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । श्याम स्वेत रसाईलीको मिक्सिङ्ग तथा माष्टरिङ्ग रहको गीतलाई प्रीज्म रेकडिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।

Screenshot 2025 02 14 151712


मौसम हिमालीको परिकल्पना तथा निर्देशन रहेको गीतको भिडियोमा नरेश एम.सी,जुना बिश्वकर्मा र तृप्ती एम.सीको अभिनय रहेको छ । गीतमा नबिन घर्ती मगरको सम्पादन तथा कलर,सरिता मगरको मेकअप रहेको छ भने एडभेन्चर ईन्टरटेनमेन्टको पोष्ट प्रोडक्सन रहेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles