17.1 C
Kathmandu
spot_img

लेखक तथा निर्देशक शंकर अधिकारी घायलको चलचित्र मेरो दिल छ पोखराबाट बरिष्ट कलाकारको अन्तर्राष्ट्रिय अवार्डबाट गंगा कुँवर सम्मानित

अपन स्वर्ग नेपाल कला सस्कृती बहुभाषिक चलचित्र महासंघले ASN international award २०२५ विभिन्न बिधामा उत्कृष्ट योगदान गरेका ब्यक्तिहरुलाई सम्मान तथा अवार्ड बितरण गरेको छ । आईतबार सुनसरीको इनरुवामा इनरुवा नगरपालिका मेयर केदार भण्डारी मार्फत बितरण गरिएको थियो भने कार्यक्रम को अध्यक्षता अपन स्वर्ग नेपाल कला सस्कृती बहुभाषिक चलचित्र महासंघका अध्यक्ष झोटन मेहताले गर्नुभएको थियो । भारतको सिक्किम,आसाम,दिल्ली,अररिया गरि ४ स्टेट र नेपालको १५ जिल्ला

झापा,मोरङ,सुनसरी,सप्तरी,सिराहा,धनुषा,रौतहट बारा,पर्सा,सिन्धुली,ताप्लेजुङ,सोलुखुम्बु,सङ्खुवासभा,खोटाङ,भोजपुरमा ८६ जना अवार्ड बिजेता र ४ जना जेष्ट नागरिक सहित अन्य ७०जना सम्मानित भएका थिए । लेखक तथा निर्देशक श्री शँकर अधिकारी घायलको नेपाली कथानक चलचित्र ( मेरो दिल छ पोखरा मा ) बाट बरिष्ट कलाकारको अन्तराष्टिय अवार्ड गँगा कुँवर ले प्राप्त गरेका थिए भने सबैभन्दा बढी अवार्ड बिजेता चलचित्र बाट चलचित्र “ लिलामे माइला “ सम्मानित भएका छन ।
त्यस्तै दोस्रो धेरै अवार्ड बिजेता परिवर्तन नेपाल ५ र तेस्रो धेरै अवार्ड बिजेता उराँव सास्कृतिक संघ ले ४ प्राप्त गरेका थिए । ३०० भन्दा धेरै विभिन्न क्षेत्रका ब्यक्ति हरुको भब्य र सब्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles