13 C
Kathmandu
spot_img

चर्चित स्रष्टा गीतकार बी. पाण्डे प्रतिष्ठित ’नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मानित

प्रतिष्ठित ’नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’बाट दशकौँदेखि नेपाली गीत–संगीत क्षेत्रमा सृजनशील गीत रच्दै आएका एक चर्चित स्रष्टा गीतकार बी. पाण्डे सम्मानित भएका छन् । राजधानीको राष्ट्रपति भवन, महाराजगंजमा आयोजित ’नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यक्रम–२०८०’मा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाण्डेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

आयोजकका अनुसार नेपाली गीत–संगीत क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानको कदरस्वरूप गीतकार पाण्डेलाई यो पुरस्कार प्रदान गरिएको हो । पाण्डेसँगै गायक हिमाल सागर, गायिका बिन्दु परियार, संगीतकार आशिष अविरल र एरेन्जर सम्राट थापा यसै श्रेणीबाट पुरस्कृत भएका छन् । उनको यस सम्मानले नेपाली सांगीतिक क्षेत्रलाई अझ समृद्ध बनाउने विश्वास गरिएको छ ।
कार्यक्रमको आयोजक नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बास्कोटाले सम्मान र पुरस्कारको महत्वबारे प्रकाश पार्दै, नेपाली कलाकारहरूको प्रतिभा राष्ट्रियस्तरमा मूल्याङ्कन गर्ने उद्देश्य रहेको बताए । कार्यक्रममा लोक तथा शास्त्रीय संगीत, कला पत्रकारिता र संगीत क्षेत्रमा विशिष्ट योगदान पु¥याएका विभिन्न विधाका ३० भन्दा बढी व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । ’नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान’ लोकगायक बमबहादुर कार्की, प्रस्तोता धन लामा, गीतकार बुद्धवीर लामालगायत ८ जना स्रष्टाहरूलाई प्रदान गरिएको थियो ।

1739431002 sq38f

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेले कार्यक्रममा सम्बोधन गर्दै, नातिकाजीको योगदानलाई सम्मान गर्दै सरकारले औपचारिकरूपमा राष्ट्रिय संगीत पुरस्कारको घोषणा गर्नुपर्ने धारणा व्यक्त गरे । साथै राष्ट्रपति पौडेलले सबै पुरस्कृत व्यक्तिहरूलाई शुभकामना दिँदै नातिकाजीको सांगीतिक धरोहरलाई निरन्तर प्रवद्र्धन गर्न आग्रह गरेका थिए ।

1739431001 1pM9b
spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles