16.1 C
Kathmandu
spot_img

थारु पत्रकार संघ नेपालको केन्द्रीय महासचिवमा हेमन्त चौधरी सहित पुरै समुह निर्विरोध निर्वाचित

थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी निर्विरोध निर्वाचित भएका छन । संघको शनिवार काठमाडौंमा भएको छेठौं राष्ट्रिय महाधिवेशनबाट सन्तकुमार चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । यसअघि उनि संघको वरिष्ठ उपाध्यक्ष थिए ।
यसैगरी संघको उपाध्यक्षमा जनकराज चौधरी, सवि चौधरी र महिला उपाध्यक्षमा दिप्तीशिखा चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्रवण चौधरीले बताए । त्यस्तै संघको महासचिवमा राप्ती सोनारी टिभीका प्रबन्ध निर्देशक हेमन्त चौधरी, सचिवमा सरला चौधरी र कोषाध्यक्षमा कारी महतो निर्वाचित भएका छन ।

यसैगरी संघको सदस्यमा मिनादेवि विश्वास र सम्भुप्रसाद चौधरी निर्वाचित भएको निर्वाचन समितिका सदस्य मदन चौधरीले जानकारी दिए ।
थप सदस्य कार्यसमितिको वैठक बसेर मनोनित गर्ने र संघलाई चलायमान र त्रियाशील बनाउन विविध कार्यक्रम गर्ने, संघको पहिलो बैठकबाट आगामी कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता नवनिर्वाचित अध्यक्ष चौधरीले बताए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles