काठमाडौँ । विहिवार काठमाडौँको कमलपोखरी स्थित सानदार म :म सेन्टरमा सिलिन्डर ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन् । सानदार मम सेन्टरमा अचानक ग्यास विस्फोट भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।
सो स्थानमा काम गर्ने ११ जना पुरुष घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि हिमाल अस्पताल पुर्याइएको छ । घाइते मध्य उदयपुर घर हुने वर्ष २४ को संजोग मगर को अवस्था गम्भिर भएको हुँदा कीर्तिपुर बर्न सेन्टरमा उपचार भईरहेको छ ।