18.1 C
Kathmandu
spot_img

अब बोल्ने बेला आयो भन्दै प्रसिद्ध ज्योतिस प्राध्यापक डाक्टर रुद्धनाथ अधिकारी

१६ फागुन, काठमाडौं । गीतकार तथा प्रसिद्ध ज्योतिस प्राध्यापक डाक्टर रुद्धनाथ अधिकारीले देश चलाउने राजनीतिक दलले जनतामा बरबरता पुर्ण अत्याचार गरेको भन्दै त्यसको अन्त्य हुने बताएका छन् ।
डाक्टर अधिकारीले भने अति गर्नु अत्याचार नगर्नु भन्छन्, तर यी राजनितिक दलहरुले अति गरे , अव खति हुन्छ नेपाल आमा हास्ने दिन छिट्टै आउँदै छ । डाक्टर अधिकारीले श्रब्य दृष्य सहित अव अति भइसक्यो,जागौं भन्ने बोलको राष्ट्रभक्ती गित र आमा बोलको मातृभक्ती गीत सहित अन्य कृतिहरुको लोकार्पण कार्यक्रममा बोल्दै अब देश र निमुखा जनताको लागी मर्ने परण गरेको उल्लेख गरे ।

Photo 4

उनले विगतमा संयुक्त राष्ट्र संघको सदस्य भई युद्ध ग्रस्त ३५ बढि देशमा न्यायको लागी नेतृत्व गर्दा सुरक्षित रहेको आफु नेपाल जस्तो पवित्र भूमिमा असुरक्षित रहेको दुखेसो पोखे । पटक पटक आफु माथि हमला, भएको करोडौं रकम चन्दा मागिएको घटना सुनाउँदै नेपाली जनता कहि पनि सुरक्षित नभएको प्रध्यापक अधिकारीले जिकिर गरे ।
भ्रष्टाचार गर्ने नेताले देश कंगाल बनाई सकेको भन्दै अहिले नेपालको वौद्धिक बर्ग चुप लागेर बस्ने स्थिती बनेको उनको दुखेसो थियो । सरकारले बोली बन्द गरे पनि भाव बन्द गर्न नसक्ने भन्दै आम नेपाली नेपाल आमाको खुसिको लागी एकजुट हुन आह्वान समेत गरेका छन् ।

Photo 7 1

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles