18.1 C
Kathmandu
spot_img

राष्ट्रिय सभाबाट पारित विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै

२९ माघ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल गर्ने कार्यसूची छ ।

यो विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको थियो । मंगलबार नै प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश टेबुल गर्न लागिएको हो ।

सभामा सन्देश टेबुल भएपछि विधेयकमाथि छलफलको प्रक्रिया अगाडि बढ्नेछ ।

यसका अलावा प्रतिनिधि सभामा मंगलबार निकासी पैठारी नियमन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सभाले अनुमति दिएको खण्डमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीले विधेयक प्रस्तुत गर्नेछन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles