21.1 C
Kathmandu
spot_img

पशुपति क्षेत्रका मठमन्दिरहरुको सरसफाइ र रङरोगनको काम सुरु

काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारीसँगै अहिले पशुपति क्षेत्रका शिवालय, देवालय, मठमन्दिरहरुको सरसफाइ र रङ रोगनको काम सुरु गरिएको हो ।

यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउन सक्ने अनुमान गरेर त्यसै अनुरूपका तयारी सुरु गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले बताए । महाशिवरात्रिमा पशुपतिनाथ आउने साधु सन्त प्रत्येक वर्ष बढ्ने गरेका छन् । यस वर्ष महाकुम्भकै कारण पनि साधु सन्तको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । यो वर्ष महाशिवरात्रि फागुन १४ गते परेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles