नेपालगन्ज, बाँके — जापानीज शैक्षिक परामर्श संघ बाँकेको आयोजनामा आज नेपालगन्जमा जापानी भाषाको ४ विधा (शब्दावली, लिस्सनिंग, खान्जी, र ग्रामर) मा आधारित हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ। यस प्रतियोगिताको मुख्य उद्देश्य जापानी भाषा पढिरहेका विद्यार्थीहरूलाई प्रोत्साहन दिनु रहेको थियो।




प्रतियोगितामा नेपालगन्ज हायाबुसा कन्सल्टन्सी एण्ड ट्रेनिङ सेन्टरको टोलीले प्रथम स्थान हात पारेको छ। उनीहरूको टोलीमा दिलमाया बुढा क्षेत्री, रूपा बुढा मगर, रश्मि दर्जी, र लक्ष्मी उपाध्याय रहेका थिए ।
दोस्रो स्थानमा ब्राइट इन्टेक एजुकेशन, कोहलपुरको टोली रहेको छ। उनीहरूको टोलीमा अप्सरा तिमिल्सेना, नबिना शाही, स्वस्तिका थापा र ईश्वर शाही रहेका थिए ।
तेस्रो स्थानमा एभरेस्ट इन्टरनेशनल एकेडमीको टोली रहेको थियो । उनीहरूको टोलीमा मन्जु खत्री, सुमी नेपाली, मनिषा ओली र पवित्रा पुन मगर रहेका थिए ।
यस प्रतियोगितामा १३ वटा शैक्षिक परामर्श संस्थाहरूले सहभागिता जनाएका थिए भने २०० भन्दा बढी दर्शकहरूले यसलाई हेर्न उपस्थित रहेका थिए। प्रतियोगिताको आयोजकले जापानी भाषा सिक्ने विद्यार्थीहरूलाई प्रोत्साहन दिने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर गर्ने योजना रहेको बताएका छन् ।

प्रतियोगितामा सहभागी सबै टोलीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए भने उनीहरूले जापानी भाषाको प्रति आफ्नो गहन ज्ञान र क्षमता प्रदर्शन गरेका थिए। यसरी नै आगामी दिनहरूमा पनि यस्ता प्रतियोगिताहरू आयोजना गरिने अपेक्षा गरिएको छ।

