राष्ट्रीय श्रष्टा तथा प्रस्तोता प्रतिस्ठानको बनभोज कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्र बजगाईको अध्यक्षतामा त्रिभुवन पार्क थानकोटमा बनभोज कार्यक्रम भएको हो ।उक्त बनभोज कार्यक्रममा बोल्दै कार्यक्रमका संयोजक तथा संस्थाका कोषाध्यक्ष नारायण थापाले सम्पुर्ण उपस्थित ब्यक्तीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा बरिस्ठ पत्रकार एबम गीतकार शान्ति प्रिया , संगीतकार कमल अधिकारी , संस्थाका सल्लाहकार नरहरि प्रेमी , माधब राज खरेल,कलाकार सनम कठायत,पत्रकार नवराज बजगाई , नागरिक समाजका अध्यक्ष यम जिसि, संस्थाको मानार्थ सदस्य राज टाइगर, निर्देशक आदित्य बुढाथोकी , संस्थाका सदस्य गायक भुवन प्यासी, गायक भद्र ओली, गायिका रिता केसी,निर्देशक महेन्द्र चन्द माइकल साउण्ड इन्जिनियर मनोज परियार, गायक सुबास तिम्सिना , गितकार रबिन्द्र लामिछाने, गायक पवन रानाभाट ,गायक तथा सन्चारकर्मी प्रमोद डिजी , गायिका कोपिला सिवाकोटी , पत्रकार बिनोद आचर्य ,मोडल धर्मराज शाही , मोडल प्रजोल भट्ट, संगीतकार अनुराग कृष्ण, लगायतका सामाजिक बिशिस्ट ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

उक्त बनभोज कार्यक्रममा उपस्थित गायक गायिकाहरुले आफ्नो प्रस्तुति लगायत उपस्थित ब्यक्तिहरुले घैटो फोर, म्युजिकल चियर, बेलुन फुटाउने जस्ता मनोरञ्जनात्मक कार्यक्रम बालबालिकालाई समेत सामेल गरी सम्पन्न गरिएको थियो। प्रत्येक बर्ष गरिदै आएको बनभोज कार्यक्रमलाई यस बर्ष पनि निकै रमाइलो र खुशी आदानप्रदान गरि सम्पन्न भएको संस्थाका अध्यक्ष राजेन्द्र बजगाईले बताए।
