“नघोच यो छाती मुटुमा खिल छ मेरो,
पत्थर रहेछौ तिमी सीसाको दील छ मेरो”
निकै नै मार्मिक शब्द जसमा धेरै कुराहरु लुकेका छन । कुनै शब्दहरु यस्ता हुन्छन जसले समग्र जीवनीलाई उल्लेख गरेको हुन्छ ।अझ त्यही शब्दलाई संगित बद्ध गरेर आवाज मार्फत सार्बजनिक गरिएपछि त बेग्लै आनन्दको महशुस हुन्छ । शोही क्रममा अर्जुन राज भण्डारीको शब्द,अर्जुन पोखरेलको संगित,चाँद सिङको (एरेन्ज) संगित संयोजन र नारायण थापाको आवाजमा रेहको नघोच यो छाती भन्ने बोलको गीत ओ एस आर डिजीटलको यु ट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।
नेपालका चर्चित गीतकारहरु कृष्णहरी बराल,काली प्रसाद रिजाल ,राजेन्द्र थापा , आनन्द अधिकारी,बिबि थापा संगितकारहरु शिखर सन्तोष,बसन्त सापकोटा , अर्जुन पोखरेल र गैरे सुरेश जस्ता थुप्रै नयाँ तथा पुराना गीतकार तथा संगितकारहरु सँग काम गरीसकेका नारायण थापाले ५० भन्दा बढी गीतहरुमा आफ्नो आवाज बद्ध गरीसकेका छन ।निकै नै सुमधुर स्वरका धनी गायक थापाका परिणाम नखोज,जुन मायाको पुजा गरेँ लगायतका एक दर्जन भन्दा बढि गीतहरु बजारमा आउने क्रममा छन ।
ओ एस आर डिजीटलको यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको नघोच यो छाती बोलको गीतमा आमेश भण्डारी,प्रतिक्षा काफ्ले र कमल सिँहको अभिनय रहेको छ भने आभुषण ईन्टर टेन्मेन्टले निर्माण गरेको हो ।