Saturday, December 21, 2024

पाँचथर घर भएकी प्रतिक्षा काफ्लेको आफ्नो मायालु सोनित राज ढुगेंललाई गुनासो

“माया गर्यौ बिश्वास गर्यौ चाईने भन्दा धेरै, सम्हाल्न नसक्नु बरु कमजोरी भो मेरै” भन्दै पाँचथर घर भएकी प्रतिक्षा काफ्ले ले आफ्नो मायालु सोनित राज ढुगेंललाई गुनासो गरेकी छन । हुन पनि आफुले माया गरेको ब्यक्तिको माया सम्हाल्न नसक्नु भनेको बैबाहिक जीवन र माया गर्ने ब्यक्तिलाई गुमाउने हो । शोही सम्बधमा आधारित माया गर्यौ भन्ने बोलको गीत रमा थापा युट्युव च्यानल मार्फत सार्बजनिक भएको छ ।
कलाकारिता क्षेत्रमा बिगत ५ बर्षदेखि निरन्तरता दिदै आएकी प्रतिक्षा काफ्ले ले एक दर्जन भन्दा बढि गीतहरुमा अभिनय गरीसकेकी छन् । हेर्दा राम्री र आकर्षक देखिने काफ्लेले आँखामा निद छ, तिम्रो आकर्षणले,बुङ्खो जस्ता गीतहरुमा आफ्नो अभिनयको जादु पनि देखाईसकेकी छन ।
रमा थापाको शब्द संगित रहेको गीतमा अनु चौधरी र किरन भुजेलको आवाज रहेको छ भने जय तामाङ्खले संगित संयोजन गरेका हुन ।
राज लुईटेलले निर्देशन गरेको गीतमा सोनित राज ढुगेंल,प्रतिक्षा काफ्ले,हरी ठकुरी र बाल कलाकार सुबेक्षा नगरकोटीले अभिनय गरेका छन । राज लुईटेल निर्देशकका साथै एक कुशल संचारकर्मी पनि हुन ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,670SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार