Sunday, December 22, 2024

रोजगारी दिलाउने बहानामा नग्न भिडियो बनाएर ब्ल्याक मेल गरेको आरोपमा एकजना पक्राउ

रोजगारी दिलाउने बहानामा नग्न भिडियो बनाएर ब्ल्याक मेल गरेको आरोपमा सिन्धुलीको तीनपाटन गाउँपालिका–८ स्थायी घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–८ बस्ने ३६ वर्षीय कमलप्रसाद अधिकारीलाई पक्राउ गरेको छन् । अधिकारीले पाथीभरा माता नाम गरेको फेक फेसबुकमार्फत रोजगारीका विभिन्न प्रस्तावहरूको प्रचार गरेका थिए । त्यसका लागि फिजिकल फिटनेसको चेकजाँच गर्नुपर्ने भन्दै नग्न फोटो तथा भिडियो माग्ने गरेका थिए ।
नग्न फोटो तथा भिडियो गरी प्राप्त गरे पश्चात् उनले भने अनुसारका गतिविधि नगरे सोही भिडियो तथा फोटो सामाजिक सञ्जालमा पब्लिक गरिदिने भनी ब्ल्याकमेल गरी दुःख हैरानी दिने गरेका थिए । प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दीपक राज अवस्थीका अनुसार यस विषयमा आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट यस्तो गर्ने व्यक्ति कमलप्रसाद अधिकारी रहेको खुल्न आएको थियो ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँबाट शनिबार पक्राउ गरिएको थियो । उनलाई काठमाडौँ जिल्ला अदालतबाट दिन सात म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको उपरीक्षक अवस्थीले बताए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,670SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार