21.1 C
Kathmandu
spot_img

तनहुँमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु

२० माघ, पोखरा । तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलबारीमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार साँझ ६ः४० बजेतिर पृथ्वी राजमार्गबाट मुग्लिन हुँदै दमौलीतर्फ आउने क्रममा भारतीय नम्बर एचआर ५५ क्यू ४७११ नम्बरको ट्यांकर घुमाउरो सडकमा दुर्घटनाग्रस्त भएको थियो ।

त्यसक्रममा चालक भारतको बिहारको मिर्जापुरका ३५ वर्षीय श्रीकान्त कुमार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा साढे ८ बजे चिकित्सकहरुले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी अशोक थापाले बताए । उनका अनुसार, शवलाई सोही अस्पतालको शव गृहमा राखिएको छ ।

बुलेटमा चालक मात्र थिए । घटनाबारे भारतीय राजदूतावासमार्फत आफन्तलाई खबर गरिसकिइएको प्रहरीले जनाएको छ । आफन्त आएपछि मात्र उनको पोस्टमार्टम हुने प्रहरीको भनाइ छ ।

उक्त बुलेटले शक्ति ग्याँस कम्पनीको ग्याँस बोकेको थियो । ग्याँसले भरिएको बुलेट पल्टिँदा ठूलो दुर्घटना हुन सक्ने जोखिम रहे पनि त्यसबाट भने जोगिएको प्रहरीले जनाएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles