Sunday, December 22, 2024

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै प्रस्तावमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधि सभामा बोल्न दिने निर्णय

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै प्रस्तावमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधि सभामा बोल्न दिने निर्णय भएको छ ।तर लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीका रूपमा नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेताको रूपमा बोल्न दिने निर्णय कांग्रेस संसदीय दलको बैठकले गरेको छ ।
यसअघि संसद्को रोष्ट्रममा लामिछानेलाई कांग्रेसले रोक्दै आएको थियो । २ चैत २०८० मा राजनीतिक दलसम्बन्धी ऐन पेस गर्न सभामुखले समय दिंदा कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी नै गरेको थियो । त्यसपछि पनि पटक–पटक लामिछानेले संसद्मा बोल्न खोजेका थिए ।प्रतिनिधि सभाको अघिल्लो अधिवेशन गत वैशाख २ गते अन्त्य भएको थियो । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । यस सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ ।
कांग्रेसका कारण संसद्मा बोल्न नपाएको भनेर स्वयम् लामिछाने र रास्वपाका नेताहरूले सार्वजनिक रूपमा कांग्रेसमाथि प्रश्न गर्दै आएका छन् । यसअघि लामिछानेले सभामुख देवराज घिमिरेलाई ‘संसद्मा बोल्न पाऊँ’ भनेर पत्र नै दिएका थिए ।
यो पृष्ठभूमिमा एक पटक लामिछानेलाई रास्वपा सभापतिको रूपमा रोष्ट्रममा सुन्न तयार हुनुपर्ने प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवाले नै राखेको नेताहरू बताउँछन् ।
पार्टीका पदाधिकारी, पूर्व पदाधिकारीहरूसँग समेत सभापति देउवाले राय लिएका थिए । सभामुख देवराज घिमिरेले यसअघि बोलाएको शीर्ष नेताहरूको छलफलमा सहभागी भएका सभापति देउवाले अन्य दलहरू, नागरिक समाज र पार्टीका पदाधिकारीहरूको मनसाय बुझेर एक पटक रवि लामिछानेलाई संसद्मा सुन्ने प्रस्ताव गरेका हुन् ।
संघीय संसद्को बर्खे अधिवेशन आजबाट सुरु हुँदैछ । प्रतिनिधि सभाको बैठक अगाडि शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बसेको थियो ।

उक्त बैठकमा सुरुमै कांग्रेस सभापति देउवाको अनुमतिमा प्रमुख सचेतक लेखकले लामिछानेलाई संसद्मा एक पटक सुन्ने प्रस्ताव राखेका थिए ।

त्यसपछि बोल्ने अधिकांश संसदहरूले एक पटक सुन्ने वा धेरै पटक सुन्ने विषयमा अन्तर नहुने भनेर विरोध जनाए । रवि लामिछानेलाई रोष्ट्रममा सुन्ने प्रस्तावको सांसदहरूबाट विरोध भएपछि महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य गगन थापाले ‘कसैलाई बोल्न समेत नदिएको भनेर नकारात्मक धारणा समाजमा रहेको स्मरण’ गराए ।

थापाले सभामुखलाई लामिछानेले बोल्न पाऊँ भनेर पत्र दिएको र सोही पत्रका आधारमा बोल्न दिन सकिने विकल्प सुझाए । महामन्त्री थापाले पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीहरूको छलफलमा समेत एक पटक लामिछानेलाई संसद्मा बोल्न दिंदा पार्टीलाई कुनै हानी नहुने राय रहेको संसदीय दलको बैठकमा राखे ।

अन्तिममा कांग्रेसले लामिछानेलाई संसद्मा सर्तसहित बोल्न दिने निर्णय लिएको हो । संसद्मा शीर्ष नेताहरूले बोल्ने रोल क्रममा नभएर सभामुखले बोल्न पाऊँ भनेर प्राप्त पत्रका आधारमा लामिछानेलाई बोल्न दिने निर्णयमा कांग्रेस पुगेको हो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,670SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार