21.1 C
Kathmandu
spot_img

चिकित्सक राकेश मण्डल र संगितकार राजेन्द्र बजगाईको कम्बिनेशनमा उत्कृष्ट कोशेली

चिकित्सा क्षेत्रमा आफ्नो बेग्लै पहिचान भएका डाक्टर राकेश मन्डलको शब्द र स्वरमा रहेको मैथली भाषाको गीत “यी साझके पल” सङीतिक बजारमा सार्बजनिक भएको छ । ग्यालेक्सी म्युजिक यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतमा सङीत र सङीत सम्योजन राजेन्द्र बजगाइले गरेका छन । पछिल्लो समयका ब्यस्त संगितकार विभिन्न भाषा भाषिका गीतमा आफ्नो संगित गरेका सङीतकार राजेन्द्र बजगाइको भने पहिलो मैथली सङीत गरेको गीत हो ।
साथमा थुप्रै उत्कृष्ट गीतहरु मिक्सिङ माष्टरिङ गरेका मनोज परियारले मैथली भाषाको यस गीतमा आफ्नो बग्लै अनुभव रहेको बताउदै विभिन्न भाषा भाषीका गीतहरु गर्ने प्रोत्साहन बढेको बताए । मनोज परियारले यो भन्दा अघि थुप्रै भाषा भाषिका गीतहरु समेत गरिसकेको छन ।
राकेश मण्डलको आफ्नै र उनकी धर्म पत्नी रन्जिता रोयको अभिनय रहेको गीतको भिडियो सम्पादन र कलर राजेस कुमारले गरेका छन । बिगत लामो समय देखि अमेरिकामा चिकित्सा सेवा गर्दै आएका मण्डल दम्पती अहिले पछिल्लो समय नेपालमा सेवा गर्न तत्पर रहेको र कला र सङीत क्षेत्र पनि आफ्नो रुचि रहेको बताउँदै कला क्षेत्रलाई पनि निरन्तरता दिने बताउँछन ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles