17.1 C
Kathmandu
spot_img

सारिका घिमिरेको झुम्के फुली

हामीे सबैलाई थाहा नै छ संसार मायामा अडिएको छ । सोही मध्यको एक हो मायालुको माया हजुर प्रत्येक ब्यक्ति आफ्नो आफ्नो तरिकामा माया गर्छन सबैले आफ्नो मायालुलाई बर्णन गर्ने तरिका अलग हुन्छ । सोही क्रममा सारिका घिमिरेले आफ्नो मायालुलाई “झुम्के फुली मनपर्छ भन्छौ रे मैले लगाउँदा” भन्दै गीत मार्फत भनेकी छन । बिगत लामो समय देखि कलाकारिता क्षेत्रमा आफ्ना थुप्रै कोशेलीहरु बजारमा ल्याउँदै आएकी गायिका सारिका घिमिरेको झुम्के फुली बोलको गीत ओ एस आर डिजिटल मार्फत सार्बजनिक गरिएको छ ।
गीतमा शब्द,संगित र आवाज सारिका घिमिरेको रहेको छ भने संगित संयोजन तथा मिक्स माष्टरिङ्ग मनोज परियारले गरेका हुन ।
केशब राज भट्टको कोरीयोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा सारिका घिमिरेको आफ्नै र एलिशा शर्माको अभिनय रहेको छ । प्रकाश खड्काको छायाकंन,मिलन बिश्वकर्माको सम्पादन तथा कलर,राकेश दाहालको पोष्टर र पुनम चौधरीको मेकअप रहेको छ । बिजय भण्डारीको सहायक छायाकंन रहेको गीतमा नवराज पौडेल प्रोडक्सन म्यानेजर रहेका छन भने गीतलाई मेरो मन स्टुडियोमा तयार पारिएको हो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles