17.1 C
Kathmandu
spot_img

हत्या आरोपी २० वर्षपछि पक्राउ

२३ माघ, काठमाडौं । आफ्नै दाजुको हत्या गरेको आरोप लागेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–२ घर भएका उमेश रजक रहेको र उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनले आफ्नै ४० वर्षीय दाइ गणेश रजकको २०६१ माघ १ मा हत्या गरेको आरोप छ ।

हत्यापछि २० वर्षसम्म उनी फरार हुँदै आएका थिए । पक्राउ परेका उनीविरुद्ध सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles