दशैको माहोल नजिकिँदै गर्दा पछिल्लो समय दशै सम्बन्धी थुप्रै राम्रा गीतहरु जसले दशैलाई अबिष्मरणिय बनाउन केही मात्रमा मदत पुर्याउँछ । सोही क्रममा ‘आयो है दशैं आयो ’ बोलको नयाँ गीत गायक प्रभात सुवेदी तथा गायिका गीता पाण्डेको आवाजमा एपिएस नेपालको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
उक्त गीतको शब्द सुरेश पण्डितको रहेको छ। गीतमा संगीत र संगीत संयोजन राजेन्द्र बजगाइको रहको छ भने आवाज प्रभात सुवेदी र गीता पाण्डेको रहेको छ।
नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँग–सँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको गीतलाई छ । म्युजिक किचन रेकडिङ्ग स्टुडियोमा तयार पारिएको हो भने उक्त गीतको मिक्सिङ तथा मास्टरिङ्ग मनोज परियारले गरेका हुन् ।