बिगत लामो समयदेखि अमेरिका बस्दै आएकी गीत संगितको क्षेत्रमा अभिनय तथा गायनमा आफ्नो पहिचान बनाईसकेकी गीत संगितलाई एकदमै माया गर्ने सुस्मीता बिश्व र अमेरिका मै बसोबास गर्दै आएकी हरिमाया देवकोटा र शुसिला पाण्डेको आवाजमा रहेको “झल्को मनैमा” बोलको गीत सार्बजनिक भएको छ । गायक तथा सर्जक सरोज बिरही कार्कीको प्रस्तुती रहेको गीतमा शब्द संगित पनि सरोज बिरही कार्कीको नै रहेको छ । गीतमा आवाज सरोज बिरही कार्की,सुस्मीता बिश्व,हरिमाया देवकोटा र शुसिला पाण्डेको रहेको छ भने आवाज सम्पादन तथा मिक्सिङ्ग माष्टरिङ्ग र संगित संयोजन मनोज परियारको रहको छ ।
अमेरिकामा रहेका नेपालीहरुको समाज मिलेर अमेरिकामा र नेपाल गरी दुई स्थानमा छायाकंन गरिएको गीतमा निर्देशन सरोज बिरही कार्कीको रहेको छ । क्यामरा नेपालमा बिष्णु सेवा र अमेरिकामा टेक न्यौपानेले गरेका छन । गीतमा गीता भट्टराई,धिरज देवकोटा र कन्चन गुरुङ्गको अभिनय रहेको छ भने भिडियो सम्पादन तथा कलर चेतन समतको रहेको छ ।