Sunday, January 5, 2025

बाँकेको नौबस्तामा ३ हजार कैदीबन्दी क्षमताको कारागार भवन उद्घाटन

बाँकेको नौबस्तामा ३ हजार कैदीबन्दी क्षमताको कारागार भवन उद्घाटन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन गरेका छन् । १३४ रोपनी क्षेत्रफलमा फैलिएको कारागारमा २४ सय पुरुष र ६ सय महिला कैदी अटाउँछन् ।

सो भवन ३ अर्बको लागतमा निर्माण भएको हो । तीन चरणमा निर्माण सम्पन्न कारागारमा प्रशासनिक, मेडिकल र स्पोर्टस ब्लक छन् । पत्येक ब्लकमा एक–एक हजार कैदीबन्दी अटाउँछन् । भवन उद्घाटन गर्दै गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीलाई सम्मानजनक श्रममा लगाउन छलफल भइरहेको बताए । उनले भने– ‘कारागार यातना केन्द्र होइन, सुधार गृह बनुन भन्नेमा सरकार सचेत छ ।’
पहुँच भएकाले मात्रै कैद मिनाहा पाएको गुनासो सम्बोधन गर्ने मन्त्री लामिछानेले बताएका छन् । उनले भने–‘अब, खल्तीबाट नाम झिकेर कैद मिनाहा गर्ने प्रवृत्ति अन्त्य हुन्छ ।’ आचरण सुधार गर्ने कैदीलाई पहुँच नचाहिने र उनीहरुको साथमा सरकार भएको लामिछानेको भनाई छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,740SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार